Wednesday, January 9, 2013

शिक्षक सेवा आयोगद्वारा खोलिएको नयाँ दर्खास्तको विवरण



शिक्षक सेवा आयोगद्वारा खोलिएको नयाँ दर्खास्तको विवरण 
परीक्षाको किसिम : लिखित अन्तर्वार्ता
परीक्षा केन्द्र  :      सम्बन्धित जिल्ला शिक्षा कार्यालयले तोकेका केन्द्रहरु
परीक्षा दस्तुर :      माध्यमिक तहका लागि रु. ७००।-, निम्नमाध्यमिक तहका लागि रु ४००।- प्राथमिक तहका लागि रु.   ३००।- समावेशीका लागि प्रति थप समूह माध्यमिक तहका लागि रु. ३००।- निम्नमाध्यमिक तहका लागि रु. २००।- प्राथमिक तहका लागि रु. १५०।-
दरखास्त दिने स्थान :        सम्बन्धित जिल्ला शिक्षा कार्यालयहरु
दरखास्त दिने अन्तिम मितिः           २०६९।१०।२५ गते सम्म दोब्बर दस्तुरले ०६९।११।०३ गतेसम्म
लिखित परीक्षा हुने मिति :               माध्यमिक तह : २०७० जेष्ठ गते बिहान ८:०० बजे
                                                निम्नमाध्यमिक तह : २०७० जेष्ठ १० गते बिहान ८:०० बजे
                                                प्राथमिक तह : २०७० जेष्ठ ११ गते बिहान ८:०० बजे
अन्तर्वार्ता लिखित परीक्षाको नतिजा प्रकाशन भएको समयमा अन्तर्वार्ताको मिति, समय स्थान उल्लेख गरिनेछ
           
आवश्यक न्यूनतम शैक्षिक योग्यता तालिम
)         माध्यमिक तहका लागि
·         सम्बन्धित विषयमा स्नातक तह वा सो सरहको परीक्षा उत्रीण गरी शिक्षा विषयमा कम्तिमा दश महीने तालिम लिएको
·         सामाजिक अध्ययन विषयको हकमा स्नातक तह वा सो सरह उत्रीण गरी शिक्षा विषयमा  दश महीने तालिम प्राप्त गरेको व्यक्ति उम्मेदवार बन्न सक्नेछ
·         स्वास्थ्य जनसंख्या तथा बातावरण विषयमा उम्मेदवार बन्न स्वास्थ्य वा स्वास्थ्य शारीरिक वा जनसंख्या विषयमा स्नातक तह वा सो सरह उत्रीण  गरी शिक्षा विषयमा कम्तिमा १० महीने तालिम प्राप्त गरेको हुनु पर्नेछ
·         कुनै व्यक्तिले शिक्षा शास्त्रसङ्कायतर्फस्नातक तह उत्रीण गरेको भए यस प्रयोजनको लागि तालिम प्राप्त गरेको मानिनेछ
·         अन्य संकायबाट स्नातक तह पूरा गरी एकवर्ष बि.एड. गरेको व्यक्तिले शुरुमा स्नातक गरेको वा एकवर्ष बि.एड. गरेको मध्ये आफूले राजेको कुनै एक विषयमा उम्मेदवार बन्न सक्नेछ
)        निम्नमाध्यमिक तहका लागि
·         सम्बन्धित विषयमा प्रवीणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्रीण गरी शिक्षा विषयमा कम्तिमा दश महीने तालिम पूरा गरेको  
·         गणित/विज्ञान विषयमा उम्मेदवार हुनका लागि विज्ञान संकाय वा अन्य संकायबाट गणित विज्ञान दुवै विषयहरुमा प्रमाणपत्र तह वा सो सरहको योग्यता हासिल गरी शिक्षा विषयमा कम्तिमा १० महीने तालिम पूरा गरेको
·         दर्ुइसय पूर्णाङ्कको शिक्षासम्बन्धी विषय लिई प्रवीणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्रीण गरेको भए तालिम प्राप्त मानिनेछ
·         सामाजिक अध्ययन विषयका हकमा प्रमाणपत्र तह वा सो सरह उत्रीण गरी शिक्षा विषयमा कम्तिमा दश महीने तालिम प्राप्त गरेको व्यक्ति उम्मेदवार बन्न सक्नेछ
·         शिक्षा शास्त्र संकायबाट प्रमाणपत्र तह वा सो सरह उत्रीण गरेको भए तालिम प्राप्त मानिनेछ
 
)         प्राथमिक तहको लागि
·         प्रवीणता प्रमणपत्र तह वा सो सरहको परीक्षा उत्रीण गरेको शिक्षा विषयमा कम्तीमा दश महीने तालिम लिएको माध्यमिक शिक्षा उत्रीण परीक्षामा चारसय पूर्णाङ्कको शिक्षा विषय लिई सो परीक्षा उत्रीण गरेको दर्ुइसय पूर्णाङ्कको शिक्षा सम्बन्धी विषय लिई प्रवीणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्रीण गरेको

)       स्थायी अध्यापन अनुमतिपत्र प्राप्त गरेका महिला तथा अपाङ्ग व्यक्तिहरु तालिम नभए पनि यो एक पटकको लागि उम्मेदवार बन्न सक्नेछन्
द्रष्टब्य
.         दरखास्त फाराम सम्बन्धित जि.शि.का.बाट प्राप्त गर्न वा आयोगको वेबसाइट www.tsc.gov.np  बाट डाउनलोड गर्न सकिनेछ दरखास्त फाराममा आवश्यक विवरण भरी तोकिएका कागजातसहित साधारण फाइलमा उम्मेदवारको नाम, थर , विज्ञापन नं., तह, खुला समावेशी भए समावेशीको किसिम लेखी फाइलमा नत्थी गरी बुझाउन सकिने वा ब्द्ध र्साईजको पेपरमा दिइएको साइजमा फरक नपारी फोटोकपि/ कम्प्युटर टाइप गरी बुझाउन सकिने तर हातले उतार गरी लेखेको दरखास्त फारामलाई मान्यता दिइने छैन
.         दरखास्त फाराम साथ पेश गर्नुपर्ने कागजातहरु
·           नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
·           शैक्षिक योग्यता तालिमका प्रमाणपत्रहरु -ट्रान्स्िक्रप्ट चारित्रिक प्रमाणपत्र) का प्रतिलिपि -सम्बन्धित पदका लागि चाहिने न्यूनतम शैक्षिक योग्यता तालिमको मात्र)
·           अध्यापन अनुमतिपत्रको प्रतिलिपि    
.         दोब्बर दस्तुरको म्यादलाई शैक्षिक योग्यता तालिम प्राप्त गर्ने अवधिको प्रयोजनका लागि गणना गरिने
छैन
.         लिखित परीक्षामा उत्रीण परीक्षार्थीहरुले अन्तर्वार्ता दिन आउँदा शैक्षिक योग्यता, तालिम नागरिकताको प्रमाणपत्रको सक्कलै प्रमाणपत्र अनिवार्य रुपमा पेश गर्नुपर्ने
.         सहयोगी लेखक माग गर्ने उम्मेदवारले लिखित परीक्षा शुरु हुनुभन्दा कम्तिमा सात दिन अगावै सम्बन्धित जि.शि.का.मा सप्रमाण निवेदन दिनुपर्नेछ, अन्यथा सहयोगी उपलव्ध गराइने छैन
.         समावेशी पदमा समेत उम्मेदवार बन्ने व्यक्तिहरुले दरखास्त फारामको पहिलो पेजमा उल्लेख भएका विभिन्न समूहमध्ये कुन कुन समूहमा उम्मेदवार बन्ने हो सो कुरा स्पष्ट रुपमा खुलाउनु पर्नेछ सोका लागि आवश्यक पर्ने कागजात अनिवार्य रुपमा पेश गर्नुपर्ने समावेशी समूहको आदिवासी/जनजाति, मधेशी, दलित समूहमा उम्मेदवार हुने व्यक्तिले कुनै एक पदका लागि भएको विज्ञापनमा कुनै एक समूहको उम्मेदवारका रुपमा मात्र प्रतिस्पर्धा गर्न सकिनेछ
.         दरखास्त दिने अन्तिम मितिभित्र निर्धारित शैक्षिक योग्यता हासिल गरीसकेको हुनुपर्ने शैक्षिक योग्यता प्रदान गर्ने निकाय वा विश्वविद्यालयबाट प्राप्त हुने प्रमाणपत्र वा लव्धाङ्क विवरण -ट्रान्स्िक्रप्ट) चारित्रिक प्रमाणपत्रको प्रतिलिपि अनिवार्य रुपमा पेश गर्नुपर्ने
.         कुनै उम्मेदवारले झुट्टा विवरण/कागजात पेश गरेको कुरा पछि थाहा हुन आएमा त्यस्ता उम्मेदवारको दरखास्त स्वीकृत भइसकेको भए पनि जुनसुकै बखत रद्द गरी कानुनबमोजिम कारवाही गरिनेछ
.         विज्ञापन  भएको एक महीनासम्ममा जिल्ला शिक्षा कार्यालहरुबाट थप माग प्राप्त भएमा सो समेत विज्ञापित पदमा समावेश गरिनेछ
१०.        उल्लेखित परीक्षाहरुको पाठ्यक्रम आयोगको वेबर्साईट www.tsc.gov.np  बाट प्राप्त गर्न सकिनेछ

११.        समावेशीतर्फका उम्मेदवारहरुले पेश गर्नुपर्ने थप कागजातहरु
)         आदिवासी/जनजातिको सम्बन्धमा नेपाल आदिवासी/जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ मा सूचीकृत भएको जातिको हकमा सोही सूचीको प्रतिलिपि आधारमा सोही ऐनमा सुचीकृत भएको जातिभित्र एक भन्दा बढी थरहरु भएमा सम्बन्धित स्थानीय निकायको प्रमुखको सिफारिशमा प्रमुख जिल्ला अधिकारीबाट त्यसरी सूचीकृत भएको जातिभित्रको थर हो भनी प्रमाणित भएको कागजात
)        तर्राई मधेशमा बसोबास गर्ने मधेशी, आदिवासी/जनजाति, दलित, पिछडा वर्ग वा अल्पसङ्ख्यक मुसलमान समुदायका सम्बन्धमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेबमोजिमको संस्थाबाट तर्राई मधेशमा बसोबास गर्ने मधेशी, आदिवासी/जनजाति, दलित, पिछडा वर्ग वा अल्पसङ्ख्यक मुसलमान समुदाय भनी प्रमाणित भएको कागजात त्यसरी नतोकिएको भएमा सम्बन्धित स्थानीय निकायको प्रमुखको सिफारिशमा प्रमुख जिल्ला अधिकारीबाट तर्राई मधेशमा बसोबास गर्ने मधेशी, आदिवासी/जनजाति, दलित, पिछडा वर्ग वा अल्पसङ्ख्यक मुसलमान समुदाय भनी प्रमाणित गरेको कागजात
)         दलितका सम्बन्धमा राष्ट्रिय दलित आयोगबाट सूचीकृत भएको जातिको हकमा सोही सूचीको आधारमा सो आयोगबाट सूचीकृत भएको जातिभित्र एकभन्दा बढी थरहरु भएमा सम्बन्धित स्थानीय निकायको प्रमुखको सिफारिशमा प्रमुख जिल्ला अधिकारीबाट त्यसरी सूचीकृत भएको जातिभित्रको थर भनी प्रमाणित भएको कागजात
)         अपाङ्गका हकमा स्वीकृत चिकित्सकको सिफारिशमा समाजकल्याण परिषदबाट अपाङ्गता प्रमाणित भएको कागजात
)         पिछडिएको क्षेत्रका सम्बन्धमा  अछाम, कालिकोट, जाजरकोट, जुम्ला, डोल्पा, बझाङ, बाजुरा, मुगु हुम्ला जिल्लामा स्थायी बसोबास उल्लेख गरी उक्त जिल्लाहरुबाट प्राप्त गरिएको नागरिकताको प्रमाणपत्र तथा सम्बन्धित गाउँ विकास समिति वा नगरपालिकाबाट दरखास्त दिँदाका बखतसम्म सोही स्थानमा स्थायी बसोबास भएको भनी प्रमाणित गरेको कागजात
१२.        उम्मेदवारको यस सूचनामा उल्लेख भएका कुराहरुको अतिरिक्त शिक्षक सेवा आयोग नियमावलीको नियम १० बमोजिमको अयोग्यता नभएको हुनुपर्ने
१३.        दरखास्त फारामसाथ पेश गरिएका प्रमाणपत्रका प्रतिलिपीहरु उम्मेदवार स्वयमले प्रमाणपत्रको पछाडिपट्ट सक्कलबमोजिम नक्कल ठिक भनी प्रमाणित गरेको हुनर्ुपर्नेछ
१४.        कार्यरत शिक्षकले पाउने छुट सुविधा
·         स्वीकृत स्थायी शिक्षक दरबन्दीमा अस्थायी नियुक्ति भई सेवामा रहेका शिक्षकहरु -लियन समेत) को हकमा माध्यमिक शिक्षा वा सो सरहको परीक्षा उत्रीण गरी वा ४०० पूर्णाङ्क वा शिक्षा विषयमा १० महीनेे तालिम प्राप्त गरेको भए पनि आफू कार्यरत रहेको जिल्ला तहमा प्राथमिक शिक्षकको पदमा उम्मेदवार हुन सक्नेछ
·         स्थायी नियुक्ति भई बहालवाला शिक्षकको रुपमा काम गरिरहेका शिक्षकहरुलाई यो एक पटकका लागि उम्मेदवार बन्न तालिम आवश्यक पर्ने छैन  
·         स्थायी शिक्षकका लागि कुनै पनि तहमा अस्थायी शिक्षकका लागि काम गरिरहेको तहमा उम्मेदवार बन्न उमेरको हद नलाग्ने

यो सुविधा लिन माथि उल्लेख गरिएका अस्थायी शिक्षकहरुले आफ्नो नियुक्ति पत्र जिल्ला शिक्षा कार्यालयबाट दरखास्त दिंदाका बखतसम्म काम गरिरहेको व्यहोरा प्रमाणित भएको कागजात अनिवार्य रुपमा पेश गर्नुपर्ने
१५.        निम्नलिखित व्यक्तिहरुलाई उम्मेदवार बन्न उमेरको हद लाग्ने छैन
·         संवत् २०५२ सालमा प्रकाशित विज्ञापनबमोजिम स्थायी रुपमा शिक्षकको पदपर्ूर्ति हुँदा अस्थायी शिक्षकबाट हट्न गएका व्यक्तिहरु
·         आधारभूत तथा प्राथमिक शिक्षा परियोजनाअर्न्तर्गत अस्थायी शिक्षकका रुपमा नियुक्त भई कार्यरत शिक्षकहरु
·         २०६१/०६२ सालको विज्ञापनबमोजिम शिक्षक पदपर्ूर्ति गर्दा शिक्षक पदबाट हटेका व्यक्तिहरु




Source : www.tsc.gov.np

No comments :

Post a Comment



quote


मानिश ठुलो दिल ले हुन्छ जात ले हुदै न
लक्ष्मी प्र. देवकोटा

Education is the most powerful weapon which you can use to change the world.
Nelson Mandela


The roots of education are bitter, but the fruit is sweet.
Aristotle

Education is what remains after one has forgotten everything he learned in school.
Albert Einstein

He who opens a school door, closes a prison.
Victor Hugo

The highest result of education is tolerance.
Helen Keller

Minds are like parachutes - they only function when open.
Thomas Dewar

Creative minds have always been known to survive any kind of bad training.
Anna Freud

Education is the ability to listen to almost anything without losing your temper.

Robert Frost



my marquee

Dear all viewers welcome to my Blog, This is personal blog about Lilaram Paudel……...

Lilaram Paudel ** E-mail: lilaram@prime.edu.np, paudel.lila2010@gmail.com, lilaram33_lr@yahoo.com, Cell : +977-9841036722

about blog

This is my Personal Blog.

Translate